वीरगञ्ज, २० असोज । धारिलो हतियार प्रहार गरेको अवस्थामा आज वीरगञ्जमा एक महिलाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने पुनम देवीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । पुनमको शव आज आफ्नै घरमा फेला परेको र टाउकोमा धारिलो हतियार प्रहार गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो ।
घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पनि अनुसन्धानको लागि मगाइएको थियो । घरमा एक्लै बस्दै आउनुभएको मृतकका श्रीमान् कामको शिलशिलामा र छोरा अध्ययनको लागि भारतमा बस्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्