जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १५:२०

बिश्वासको मत नलिई राजीनामा दिँदै कोशीका मुख्यमन्त्री हिक्मत कार्की, यस्तो छ कारण


विराटनगर, असोज २० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको हो ।

संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुग्नुभएको हो । दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६७ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुन १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने सुझाव दिनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दै छ । अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिन लाग्नुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिन लाग्नुभएको हो ।