जनता टाइम्स

२७ कार्तिक २०८३, शुक्रबार १४:११

राष्ट्रपतिले नियुक्त गरे सर्वोच्च अदालतमा चार न्यायाधीश


काठमाडौं, कात्तिक २७ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।

न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु,जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।