काठमाडौं, कात्तिक २७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुस प्रस्थान गर्नुभएको छ ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उहाँ रुस प्रस्थान गर्नुभएको हो ।
प्रचण्डसँगै उहाँका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस जानुभएको छ । सम्मेलनमा ६० भन्दा बढी देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
सम्मेलनमा सहभागिताका क्रममा प्रचण्डको उच्चस्तरीय राजनीतिक भेटघाटसमेत हुन सक्ने अनुमान गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्