जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १४:३०

इजरायलमा सुरक्षित रहन ओएनएफको अपिल, घाइतेको स्वाथ्यलाभको कामना


काठमाडौं, असोज २१ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले इजरायल रहो सवै नेपालीलाई सुरक्षित रहन अपिल गरेको छ । मञ्चका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले बिज्ञप्ती जारी गरी यस्तो आग्रह गर्नुभएको हो ।

इजरायलमा हिजोबाट प्यालेस्टाइन बिद्रोही समुह हमासले आक्रमण गरेको हो । उपसचिव पोखरेलले आक्रमणमा ७ जना नेपाली बिद्यार्थी घाइते भएको भन्दै आफू सुरक्षित रहेर उद्धारमा लाग्न आग्रह गर्नुभएको छ ।