जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार १६:३२

दुर्गा प्रसाईंलाई युवा समुहले दल्यो कालोमोसो


काठमाडौं,असोज २२ । काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ ।

काठमाडौंको एक होटलमा प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा प्रसाईलाई केही युवाहरुको समूहले कालोमोसो दलेको हो ।

प्रसाईंले पछिल्लो समय राजनीतिक दलका नेताहरुप्रति आक्रामक र विवादस्पद अभिव्यक्ति दिँदै आउनुभएको छ । कालो मोसो दल्नेसमूहको योजनाबारे केही खुलेको छैन ।