जनता टाइम्स

२४ आश्विन २०८०, बुधबार ११:५३

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौ, २४ असोज । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज असोज २४ गते आज अन्तिम दिन हो । फन्डले असोज २५ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।

यसले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा छ । जसअनुसा यसले कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्नेछ । यो ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हो ।