जनता टाइम्स

२५ आश्विन २०८०, बिहीबार १८:४५

रुकुमपश्चिमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


वीरेन्द्रनगर, २५ असोज । सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या देखिएपछि जाजरकोटबाट एक गर्भवतिको उद्दार गरिएको छ । बारेकोट गाउँपालिका–६ की १८ वर्षीया सपना बस्नेतको रुकुमपश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो । मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।