जनता टाइम्स

२६ आश्विन २०८०, शुक्रबार २१:१६

सुन तस्करी प्रकरण : महरापुत्र राहुल जेल चलान


काठमाडौं, २६ असोज ।  जिल्ला अदालत काठमाडौंले सुन तस्करी आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर पुत्र राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार थुनछेक बहसपछि राहुललाई थुनामा पठाउन अदालतले आदेश दिएको हो ।जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माका अनुसार न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले घटनामा राहुल संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डले केही दिनअघि राहुलसहित ४ जनामाथि आपराधिक विश्वासघात,भन्सार चोरी तथा संगठित अपराध कसुरमा सजाय माग गर्दै मुद्धा दायर गरेको थियो । राहुललाई विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ११ केजी सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको थियो ।