विराटनगर, असोज २७। कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् ।
काग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।
संविधानको धारा १६८ को ५ अनुसार प्रदेश प्रमुखले दिएको समयमा दुई जनाको दाबी पेस भएपछि हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयले आज दुवै पक्षलाई बोलाएको थियो । केदार कार्की पक्षधरको हस्ताक्षर सनाखत भइरहेको छ ।
मुख्यमन्त्रीका लागि दाबी पेस गरेका माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोले भने सनाखतका लागि आफूहरू नजाने बताउनुभयो। माओवादी केन्द्रका एक सांसदले दाबी नपुग्ने अवस्था भएपछि सनाखतका लागि नजाने भएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्