काठमाडौं, असोज २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनु भयो ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यअनुसार पेट्रोले र डिजेलको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा १५ रुपैयाँ घटेको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १६९.५, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको प्रतिलिटर डिजेलको पहिलो वर्गमा १६्५.५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ भएको निगमले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्