काठमाडौं, कात्तिक २ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्षमा डा. बद्रि केसीको टीमलाई बिजयी बनाउन अपिल गर्नुभएको छ ।
एनआरएनएलाई प्रवासमा रहेका सवै नेपालीको साझा मञ्चको रुपमा स्थापित गर्न केसीसहित उहाँको टीमलाई बिजयी बनाउनु पर्ने सचिव थापाको भनाइ छ । एनआरएनएका डेलिगेट समेत रहनुभएका ओएनएफ सचिव शेर्पाले एनआरउनएको छविमा सुधार गरी प्रवासमा रहेका सवै नेपालीको साझा बनाउन केसी टीमको बिजय अनिवार्य रहेको बताउनु भयो ।
एनआरएनएको यस महाधिवेशनले खराव खराव प्रवृत्तिहरुलाई निस्तेज पारी संगठनलाई जोगाउनु पर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । ‘एनआरएनएमा राम्रा व्यक्तिहरुको संयुक्त साझा टीम निर्माण गरी यो संस्थालाई पुनः आफ्नो घोषित लक्ष्य र उद्देश्य परिपुर्ति गर्ने बाटोमा वा लयमा फर्काउन बद्रिको टीमले जित्न जरुरी छ,’ ओएनएफ सचिव शेर्पाले भन्नुभयो । सवै तथ्यलाई हेरेर नै प्रवासी नेपाली मञ्चले एनआरएनए निर्वाचनमा बद्रि केसी र उहाँको टीमलाई मतदान गर्ने निर्णय गरेको पनि शेर्पाले बताउनु भएको छ ।
एनआरएनए निर्वाचनमा अध्यक्षका उम्मेदवार बद्रि केसीको टीमबाट उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, चिरञ्जिीवी घिमिरे, रोबिन शेरचन र महिला उपाध्यक्षमा यासमीन बेगम सैयद हुनुहुन्छ । यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा रोशन थापा र महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ । उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ ।
यसैगरी कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ । यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले यी सवै उम्मेदवारको पक्षमा मतदान गर्न डेलिगेटसलाई अफिल गर्नुभएको हो । एनआरएनएको जारी महाधिवेशनमा बिश्वभर गरी ४ हजार २ सय २७ जना डेलिगेटस रहेका छन । मतदान अघि प्रतिनिधिलाई शेर्पाले एनआरएनएको भविश्य बद्रिको टीमको बिजयसँग रहेको भन्दै सवै प्रतिनिधिलाई अपिल गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्