जनता टाइम्स

३ कार्तिक २०८०, शुक्रबार ०८:१३

एनआरएनए अध्यक्षमा एमाले निकट बद्रि केसी बिजयी : महासचिव र कोषाध्यक्ष पनि बद्री प्यानलकै जोशी र थापा निर्वाचित


काठमाडौं, कात्तिक ३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनबाट अध्यक्षमा डा. बद्री केसी विजयी हुनुभएको छ । प्रतिस्पर्धीलाई पछि पार्दै नेकपा एमाले निकट केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा विजयी रसियाका डा. केसीले १३७८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका अन्य प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गर्नुभयो । कतारका शर्मा नेकपा माओवादी निकट र जापानका श्रेष्ठ नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

निर्वाचनमा उपाध्यक्षमा रामशरण सिम्खडा, डा हेमराज शर्मा, डा विनोद श्रेष्ठ, रोविन शेरचन, राजु रेग्मी र खगेन्द्र न्यौपाने विजयी हुनुभएको छ । सिम्खडाले १५५२, शर्माले २२६५, श्रेष्ठले १५६०, शेचनले २१८०, रेग्मीले १९०० र न्यौपानेले १३५७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी हुनुभएको छ । उहाँले १९४७ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी यासमीन बेगम सैयदले १९१४ मत प्राप्त गर्नुभयो । यस्तै युवा उपाध्यक्षमा रोशन थापा २४६८ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अब्दुलले १३२२ मत प्राप्त गर्नुभयो ।

यसैगरी महासचिवमा बद्री केसीकै टीमका गौरीराज जोशी विजयी हुनुभएको छ । जोशीले २०३७ मत प्राप्त गर्नुभयो भने कांग्रेस उम्मेदवार महेश श्रेष्ठ प्यानलका बुद्धिसागर सुवेदीले १८१८ मत प्राप्त गरी चित्त बुझाउन बाध्य हुनुपर्यो । विजयी जोशी कांग्रेसको शेखर कोइराला निकट हुनुहुन्छ भने पराजित सुवेदी सभापति शेरबहादुर देउवा निकट हुनुहुन्छ ।

यस्तै उपमहासचिवमा प्रविन गुरूङ २१५० र सोमनाथ सापकोटा १७९० मतसहित विजयी हुनुभएका छ । सचिवमा भिम केसी कमल १६७३, डा ज्ञानेन्द्र रेग्मी १७८२, मनोजकुमार श्रेष्ठ २०२४, डा नवराज रोस्यारा १८५३, प्रकाशमणि पोखरेल, १६५१ र स्वराजप्रताप शाह १६६६ मतसहित विजयी हुनुभएको छ । महिला सचिवमा राधिका गुरूङ टीका २३२० मतसहित विजयी हुनुभयो ।

यस्तै कोषाध्यक्षमा सुदनकुमार थापा विजयी हुनुभएको छ । थापाले १९१७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी ठाकुरप्रसाद ढुंगानाले १९१२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना २०१५, अभिमन्यू बस्नेत २०८१ र तिलकप्रसाद गैरे २२३२ मत प्राप्त गरी बिजयी हुनुभयो भने अमृता थापा २२८७ मत ल्याएर महिला सहकोषाध्यक्षमा विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मतमात्र ल्याउनु भयो । अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरी ििबजयी हुनुभयो भने संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी हुनुभएको छ ।