जनता टाइम्स

३ कार्तिक २०८०, शुक्रबार १५:१९

सुनको मूल्यमा अहिलेसम्मकै उच्च, प्रतितोला १ लाख १५ हजार नाघ्यो


काठमाडौं, कात्तिक ३ । सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।