जनता टाइम्स

३ कार्तिक २०८०, शुक्रबार १८:३६

कुमारी बैंकले ल्यायो ‘बडा दशैं क्यासब्याक र दक्षिणा योजना’


काठमाडौं, कात्तिक ३ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र क्यास ब्याक (Cash backOffer) योजनालाई थप समयको लागि निरन्तरता दिएको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडको क्यास ब्याक अफर योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने बैंकले जनाएको छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक दिइने बैंकल जनाएको छ ।

बैंकका अनुसार क्यास ब्याक रकम POS, QR Payment तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिने छ । चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखि कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैंको विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित क्यास ब्यक अफरसँगै ‘बडा दशंै दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ । यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्गमार्पmत रकम स्थानान्तरण फण्ड ट्रान्सफर कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४ सय जना ग्राहकहरुलाई बैंकद्वारा रु ५० क्यास ब्याक दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्युनतम कारोबार रु १०० हुनुपर्नेछ ।

माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजेसम्म गरीएका कारोबारमा लागू हुने बैंकले जनाएको छ । कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।