काठमाडौं, कात्तिक ४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनबाट अध्यक्षमा निर्वाचित डा. बद्री केसीसहित सवै पदाधिकारी तथा सदस्यले शपथग्रण गर्नुभएको छ ।
होटल सोल्टीमा आज आयोजित समापन समारोहबीच अध्यक्ष केसीसहित निर्वाचित टीमले पद तथा गोपनीयताको शपथ लिएको हो ।
केसीले प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठलाई पराजीत गर्दै बिजयी बन्नुभएको थियो । यसैगरी उपाध्यक्षमा डा. बिनोद श्रेष्ठ, रामशरण सिम्खडा, डा हेमराज शर्मा, डा केशव पौडेल रोविन शेरचन, राजु रेग्मी विजयी हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी हुनुभएको छ ।
यसैगरी महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा प्रविन गुरूङ र सोमनाथ सापकोटा, सचिवमा भिम केसी कमल, डा ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, डा नवराज रोस्यारा, प्रकाशमणि पोखरेल र स्वराजप्रताप शाह विजयी हुनुभएको छ ।
यस्तै महिला सचिवमा राधिका गुरूङ टीका, कोषाध्यक्षमा सुदनकुमार थापा, सहकोषाध्यक्षमा अमृता थापा, कृष्णप्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत र तिलकप्रसाद गैरे बिजयी हुनुभएको छ । यसैगरी अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक सुपेन्द्र घिसिङ बिजयी हुनुभएको छ । यस्तै रिजनल कोअर्डिनेटर र आइसिसी सदस्यले पनि आज शपथ लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्