काठमाडौं, कात्तिक ५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा हारेको समुहले आफूखसी घोषणा गरेको समानान्तर कमिटीका सचिव राजेन्द्र पुडासैनीले कडा आपत्ति जनाउनु भएको छ ।
पुडासैनीले आज बिज्ञप्ती जारी गरी आफू निर्वाचित अध्यक्ष बद्रि केसीसँगै रहेको भन्दै चुनाव हारेपछि गरिएको बितण्डाप्रति कडा आपत्ति जनाउनु भएको छ । पुढासैनी बद्री केसीकै टीमबाट सचिवमा चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । तर उहाँ थोरै मतले पराजीत हुनुभयो ।
चुनाव हारेको आरके शर्मा र महेश श्रेष्ठ समुहले कथित भेलाको नामा पुडासैनीलाई सचिवमा नाम राखेर टीम घोषणा गरेको थियो । पुडासैनीले सो कार्यको भत्र्सना गर्दै एनआएनएको अध्यक्षमा बिजेता केसीलाई बधाई दिँदै आफू संस्थाको हितभन्दा बाहिर जान नसक्ने भन्दै समानान्तर भनिएको समिति अबैध रहेको प्रष्ट पार्नुभएको छ ।
पुडासैनीले भन्नुभएको छ, ‘मेरो नाम समानान्तर कमिटीमा मसँग सल्लाह नगरी राखिएकोमा मेरो गम्भीर आपत्ती छ । मेरा सम्पुर्ण सहकर्मी साथीहरुसँग म उक्त कमिटीमा नरहेको जानकारी गराउँदछु ।’
यस्तो छ पुडासैनीको बिज्ञप्ती
एनआरएनएको निर्बाचन परिणामसँग मेरो असहमती छैन । हामीले अपनाएको बिधी र पद्धती बलियो बनाउने हामी सबै मिलेर नै हो ।
प्रतिस्पर्धा गर्नु एउटा प्रक्रिया हो, जसले धेरै मत पायो ऊ नेता हुने र जसले कम मत पायो ऊ सहकार्यका लागि निरन्तर लाग्ने कुरा हाम्रो संकल्प हो ।
निर्बाचन प्रक्रियामा जित र हार सामान्य बिधी हो। प्रजातान्त्रिक बिधी र पद्धतीमा आजसम्म अभ्यास भएको उत्कृष्ट बिधी चुनाब हो । यसका गुण र दोषबारे बहस र छलफल हुनपर्छ तर यसलाई नकार्ने कुरा हुन सक्दैन । एनआरएनएको निर्बाचन परिणामलाई लिएर प्रतिस्पर्धामा भाग लिएका साथीहरुले ब्यक्त गरेका मतसँग म सहमत छैन र यसले एनआरएनएको गरिमा बढाउन सक्दैन ।
मेरो नाम समानान्तर कमिटीमा मसँग सल्लाह नगरी राखिएकोमा मेरो गम्भीर आपत्ती छ । मेरा सम्पुर्ण सहकर्मी साथीहरुसँग म उक्त कमिटीमा नरहेको जानकारी गराउँदछु ।
११ औं महाधिबेसनको निर्बाचनमा निर्बाचित गरेको मेरा मित्र अध्यक्ष श्री डा. बद्री केसीलगायत सम्पुर्ण निर्वाचित पदाधिकारीज्यूहरुलाई हार्दिक बधाई एबं सफल कार्यकालको लागी हार्दिक शुभकामना ब्यक्त गर्दछु।
बडादशैं, तिहार, छठ लगायतका पर्बहरूको हार्दिक मंगलमय शुभकामना सहीत:
राजेन्द्र पुडासैनी
संयुक्त अधिराज्य– बेलायत,
हाल,
बेलकोट गढी नगरपालिका–८, जिलिंग, नुवाकोट।
प्रतिक्रिया दिनुहोस्