जनता टाइम्स

११ कार्तिक २०८०, शनिबार ०७:३९

एनआरएनएको बिवाद समाधानका लागि अध्यक्ष बद्री केसीको पहल, आरके शर्मा र महेश श्रेष्ठसँग राखे यस्तो प्रस्ताव


काठमाडौं, कात्तिक ११ । गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष डा. बद्री केसीले पहलकलमी थल्नुभएको छ ।

११ औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित उम्म्दवार आरके शर्माले परिणाम अस्वीकार गरी आफैलाई सर्वसम्मत अध्यक्ष घोषणा गरी समानान्तर कार्यसमिति बनाएपछि एनआरएनभित्र विवाद देखिएको छ । भेरोले नेपाल र नेपालबाहिरबाट एकै साथ गराएको अनलाइन मतदानको नतिजालाई लिएर अध्यक्षमा पराजित शर्मा र महेश केसीले बिवाद निकालेपछि अहिले एनआरएनए दुई समुहमा विभाजित भएको देखिएको छ ।

निर्वाचनमा निर्वाचित अध्यक्ष केसीसहित कार्यसमितिका सवैले पद तथा गोपनीयताको सपथ लिइसक्नु भएको छ । निर्वाचन प्रक्रियामा असन्तुष्ट रहेको अर्को समूहले आरके शर्मालाई अध्यक्ष बनाएर नयाँ कार्यसमिति चयन गरेको भन्दै हिडेको छ । अहिले दुवै पक्षले एनआरएनभित्र देखिएको समस्या समाधानका लागि पहल गरेको बताएका छन् ।

यसैक्रममा अध्यक्ष डा. केसीले आरके शर्मासँग ठमेलको एक होटेलमा भेटेर छलफल गर्नुभएको छ । छलफलका क्रममा दुवै जनाले अहिलेको समस्या समाधानका लागि मिल्नुपर्ने निष्कर्ष निकाल्नु भएको छ । ध्यक्ष केसीले शर्मासँगको छलफलमा अहिले देखिएको समस्या समाधानका लागि छानविन गर्न तयार रहेको प्रष्ट पार्नुभएको छ । निर्वाचनपछि नतिजामा देखिएको समस्याका कारण अहिले दुई समूह विभाजनको अवस्थामा पुगेको छ ।

अध्यक्ष केसीले आफू सुरुदेखि नै छानविनको माग गर्दै आएकाले छानविन गर्न तयार रहेको र सबै प्रक्रिया पूरा गरेर मात्रै नेपाल छाड्ने बताउनु भएको छ । केसीका अनुसार छलफलका क्रममा छानविन प्रस्तावका विषयमा शर्माले साथीहरुसँग छलफल गरेर मात्रै जवाफ दिने बताउनु भएको छ । केसीले अहिले देखिएको एनआरएन अभियान रहेकाले यसमा सबै साथीहरुलाई मिलाएर अघि बढ्ने आफ्नो दायित्व पनि रहेको बताउनु भयो ।

अध्यक्ष केसीले केही दिन अघि महेश कुमार श्रेष्ठसँग छलफल गर्नुभएको थियो । श्रेष्ठसँगको छलफलमा पनि छानविन गरेर सत्यतथ्य पत्ता लगाउनु पर्ने कुरा भएकाले आफू त्यसका लागि अघि बढेको केसीको भनाई छ । केसीले एनआरएनएलाई बिदेशमा रहेका सवै नेपालीको धरोहर बनाउने गरी अघिघ बढनु पर्नेमा पनि जोड दिनुभएको छ ।