काठमाडौं, कातिक ११ । आइएमई ग्रुपले १० अर्ब लगानीमा डिज्निल्यान्ड बनाउने भएको छ। चीनको सांघाई डिज्निल्यान्डजस्तै थिम पार्क बनाउने गरी ग्रुपले चीनको चाइना सिएएमसी इन्जिनियरिङ (क्याम्के) सँग सम्झौता गरेको हो। डिज्निल्यान्ड चीनको ठूलो पर्यटकीय गन्तव्य हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेका क्रममा दुई कम्पनीबीच सम्झौता गरेको हो। क्याम्के चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन ९सिनोम्याक० को सब्सिडायरी हो। आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले नेपालमा विश्वस्तरका पर्यटकीय गन्तव्य केबुलबार, थिम पार्कलगायत तथा उद्योग, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा पनि सहकार्य गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो ।चीनको सांघाईस्थित डिज्निल्यान्ड थिमपार्क नेपालमा पनि त्यही मोडेलको बनाउने उहाँले बताउनुभयो । परियोजनामा प्राविधिक सहयोग चिनियाँ कम्पनीले गर्ने तथा लगानी आइएमई ग्रुपले गर्ने गरी सम्झौता भएको छ। डिज्निल्यान्ड बनाउने सम्झौता भए पनि स्थान भने टुंगो लागिसकेको छैन।













प्रतिक्रिया दिनुहोस्