जनता टाइम्स

१२ कार्तिक २०८०, आईतवार ११:४९

प्रि–ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो


काठमाडौं, १२ कात्तिक । चालु साताको पहिलो कारोबार दिन आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ । आज प्रि–ओपन सेसनमा १० स्टकको २ लाख ६८ हजार ९०७ रुपैयाँबराबरको १ हजार २५५ कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।