काठमाडौं, १३ कात्तिक । सेयर बजार ३.०४ अंकले बढेको छ । चालु साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।
आज २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।













प्रतिक्रिया दिनुहोस्