जनता टाइम्स

१४ कार्तिक २०८०, मंगलवार १६:१८

मोटरसाइकल दुर्घटनामा दोलखामा एक जनाको मृत्यू


दोलखा, कात्तिक १४ । दोलखाको भीमेश्वर नगरपालिका ७ साखिने नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीका रामकुमार खड्काको मृत्यु भएको हो ।

काठमाडौंबाट घर सुरीस्थित मुलावारी जाने क्रममा चरिकोट आउँदै गरेको प्रदेश २ ४४ प ६८८३ नम्बरको मोटरसाइकल आज दिउँसो दुर्घटनामा परेको हो ।

खड्का आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । खडकाको दोलखा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।