जनता टाइम्स

१४ कार्तिक २०८०, मंगलवार १९:०१

नेपाली सेनाबिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको आरोपमा पक्राउ परे डिल्लीराम खनाल


काठमाडौं, कात्तिक १४ । सामाजिक सञ्जालदेखि यूटुवर बोलाएर अन्टसन्ट बोल्दै आएका झापा दमक निवासी डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताउनु भयो ।

उहाँका अनुसार खनाललाई सोमबार पक्राउ गरिएको हो । खनालले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो । सोही पत्रको आधारमा खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खनालविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको छ । खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटनु भएको थियो ।