जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १३:५३

प्रि–ओपन सेसनमा नेप्से करिब १ अंकले घट्यो


काठमाडौं, १९ कात्तिक । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ । आज प्रि–ओपन सेसनमा ०.९५ अंक घटेर १८४६.७५ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ ।

यो सेसनमा १८ स्टकको ४ लाख ४१ हजार ६८७ रुपैयाँ बराबरको १ हजार ८५० कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने १० स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।