काठमाडौं, कात्तिक १९ । नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्न, त्रिपाल, लत्ताकपडालगायत सिरक डस्ना र म्याट्रेस सहयोग गर्ने भएको छ ।
चेम्बरको विपद् व्यवस्थापन कोष अन्र्तगत भूकम्प प्रभावितलाई अत्यावश्यकसामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्समार्फत सरकारको एकद्धारा प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यन्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डस्ना र म्याटे«स बितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारी संयन्त्रसंग समन्वय गरेर नै सहयोग सामाग्री बितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदान प्रकट गरेको छ ।
चेम्बरले जाजरकोटलगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुनःस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्