काठमाडौं, १९ कात्तिक । गोकर्णेश्वतर नगरपालिका–६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पालगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय ५० रुपैयाँ र १ एक बुक ताससहित पक्राउ गरेको हो ।
भक्तपुरको भक्तपुर नगरपालिका-३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका–९ घर भएका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ६ सय ५५ रुपैया र २ बुक ताससहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका-४ मानवअधिकार चोकस्थित सोही महानगरपालिका–१५ रामजवार बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ३२ वर्षीय यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४६ हजार ९ सय ७५ रुपैया र १ सय ६० पत्ती ताससहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्