जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १३:१६

५०० रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं, २० कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।