जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १६:०३

दोहोरो अंकले बढ्यो सेयर बजार


काठमाडौं, २० कात्तिक । केही दिनयता लगातार ओरालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अंकले बढेको छ । गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार आज २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनमा ५२.४४ अंक घटेको थियो ।

तर, आज भने बढेको सेयर बजारमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ । आज २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ ।