काठमाडौं, कात्तिक २० । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।
नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्गमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकद्वारा प्रतिशत अधिकतम ५०१ रुपैयासम्म क्यासब्याक दिइने बैंकले जनाएका छ ।
बैंकका अनुसार क्यासब्याक रकम पीओएर, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने छ । चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुने जनाएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्