जनता टाइम्स

२१ कार्तिक २०८०, मंगलवार १८:०७

ईलाका प्रहरी कार्यालय चोप्राङ र बेथानको नवनिर्मित भवन उद्‍घाटन


रामेछाप, २१ कात्तिक । ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको नवनिर्मित कार्यालय तथा व्यारेक भवनहरू उद्‍घाटन भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले दुवै भवनहरूको उद्‌घाटन गरेका हुन् ।

बागमती प्रदेश सरकारको बजेटबाट उक्त नवनिर्मित ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको कार्यालय तथा व्यारेक भवनहरूको निर्माण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख, खाँडादेवी र सूनापाती गाउँपालिकाका अध्यक्षहरू, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।