जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार १३:३०

घलेम्दी हाइड्रोले हकप्रद सेयर निष्कासन गर्दै


कठमाडौं, २२ कात्तिक । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो मंसिर १० गतेदेखि हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ २ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले ३ कात्तिकमा बुकक्लोज गरेको थियो ।

यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।