जनकपुर, कात्तिक २२ । महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेको प्रहरीले जनाएको छ ।
बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका हुन । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । प्रहरीले अभिभावक बोलाएर जिम्मा लगाइने बताएको छ ।
महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन।













प्रतिक्रिया दिनुहोस्