जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १२:१४

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने समय आज सकिँदै


काठमाडौं, २४ कात्तिक । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय शुक्रबार सकिँदै छ । गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।