जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १५:३१

त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको दन्त परीक्षण


काठमाडौं, २४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो दाँतको परीक्षण गराउनुभएको छ ।

आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उहाँले आफ्नो दाँतको परीक्षण गराउनुभएको हो ।

अस्पतालका अनुसार नियमित दाँत परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल आउनुभएको हो ।