जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १६:५४

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २ सयको क्यासब्याक अफर


काठमाडौं, कात्तिक २४ । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त दुई सय रुपैया क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी एइक्वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ ।

क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजार रुपैयाँको न्यूनतम भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।