काठमाडौं, कात्तिक २७ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकट बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गर्नुभएको छ ।
सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको भन्दै निर्णय सच्याउनु पर्ने बताउनु भएको हो ।
‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ थापाले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्