जनता टाइम्स

२७ कार्तिक २०८०, सोमबार १७:२३

अमेरिका र दक्षिण कोरियाद्वारा संशोधित ‘अनुकूल प्रतिरोध रणनीतिमा’ हस्ताक्षर


सोल, २७ कात्तिक । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र धम्की सम्बन्धमा उनीहरूको संयुक्त प्रतिरोध रणनीति अद्यावधिक गरेका छन् ।
योन्हाप समाचार समितिका अनुसार ५५औँ सल्लाहकार बैठक ९एससिएम० का क्रममा दक्षिण कोरियाका रक्षामन्त्री सिन वोक–सिक र उनका अमेरिकी समकक्षी लोयड अस्टिनले ‘अनुकूल प्रतिरोध  रणनीति ९टिडिएस०’ को संशोधित दस्तावेजमा हस्ताक्षर गर्नुभयो ।
दुवै देशले उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र र आणविक खतरालाई अझ राम्रोसँग सामना गर्ने प्रयासअन्तर्गत सोमबार ९स्थानीय समय० उनीहरूको वार्षिक सुरक्षा वर्ताका क्रममा उक्त निर्णयको घोषणा गरेका हुन् । उत्तर कोरियाको तेस्रो आणविक परीक्षणपछि सन् २०१३ मा गरिएको निर्णयपछिको यो तेस्रो संशोधन भएको योन्हापले जनाएको छ ।
उत्तर कोरियाले छ वटा आणविक परीक्षण गरेको र आफ्नो सुरक्षाका लागि पूर्वनिर्धारित आणविक हमलाहरूको प्रयोग गर्ने अधिकार निहित गरेको सन्दर्भमा उसको बढ्दो आणविक र क्षेप्यास्त्र खतराहरूलाई अझ राम्रोसँग सामना गर्न अमेरिका र दक्षिण कोरियाले मुख्य सैन्य दस्तावेजलाई अद्यावधिक गर्नका लागि काम गरिरहेका छन् ।
योन्हापका अनुसार विदेशमन्त्री अस्टिनले दक्षिण कोरियाको सुरक्षाका लागि आणविकसहित आफ्ना सबै सैन्य क्षमताहरूको प्रयोग गर्नका लागि अमेरिकाको ‘विस्तारित प्रतिरोध’ को प्रतिबद्धतालाई दोहोर्याउनुभयो ।
“दक्षिण कोरियाप्रति अमेरिकी विस्तारित प्रतिरोध प्रतिबद्धता दृढ बनेको छ, सँगै हामीले यो वर्ष यी सबै गठबन्धन प्राथमिकताहरूमा असाधारण प्रगति जारी राखेका छौँ, साथै जापानसहित एउटै विचारधारा भएका मुलुकहरू पहिलाभन्दा अझ धेरै निकट रहेर काम गर्न चाहेका छौँ”, हस्ताक्षर कार्यक्रममा उहाँले भन्नुभयो ।
यसैबीच दक्षिण कोरियाली विदेशमन्त्री सिनले सन् २०२३ मा दक्षिण कोरियामा अमेरिकाको रणनीतिक सम्पत्तिहरूको बढ्दो परिचालनले वासिङ्टनको विस्तारित प्रतिरोध प्रतिबद्धताको विश्वसनीयता बढेको बताउनुभएको छ ।
–––