काठमाडौं, ३ मंसिर । इलाममा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । आज अपराह्नमा रोङ गाउँपालिका–३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको थियो ।
बसमा सवार ३६ जनाको निकालेर उद्धार गरिएको थियो । एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ । बालकको पहिचान खुलेको छैन । कन्याम घुम्न आएको बस दुर्घटनामा परेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्