जनता टाइम्स

४ मंसिर २०८०, सोमबार ११:११

टिकटकमाथि प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ


काठमाडौं, मंसिर ४ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ ।

सरकारको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दायर भएका छन।

सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । नियमन गर्नुको साटो प्रतिबन्ध लगाएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।