जनता टाइम्स

४ मंसिर २०८०, सोमबार ११:४२

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


काठमाडौं, ४ मंसिर । तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ ।

सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७ कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रुपैयाँको कारोबार भएको छ ।