काठमाडौं, ४ मंसिर । तिहार तथा छठ पर्वको बिदापछि आज खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो । आज ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्