जनता टाइम्स

४ मंसिर २०८०, सोमबार १८:२२

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने


धनगढी, ४ मंसिर । सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनिमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ । प्रादेशिक अस्पतालले आज एक सूचना जारी गर्दै सिकलसेल एनिमिया सम्बन्धी निःशुल्क गरिने जनाएको हो ।

प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेकोमा अब निःशुल्क जाँच गरिने अस्पतालको भनाइ छ । ‘अस्पतालको सामाजिक सेवा एकाई (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।’

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ ।