धनगढी, ४ मंसिर । कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पहाडबाट धनगढी आउँदै गरेको से१ख १४३८ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
प्रदेश ट्राफिक प्रहरीको टोली घटना स्थल तिर गएको र ट्रकमा कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्