जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १८:१५

धनगढीबाट बैंक ह्याक गर्ने गिरोह पक्राउ


धनगढी, ६ मंसिर । बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि आज कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन ।

प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । पक्राउ परेका व्यक्तिहरुबाट १० वटा ल्यापटप बरामद गरिएको उहाँले बताउनुभयो । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।