जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार १८:०४

कञ्चनपुरका एक शिक्षकको मृत्यु


कञ्चनपुर, ७ मंसिर । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज मृत्यु भएको हो ।

विद्यालयमा पढाउने बेला उहाँ कुर्सीबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । ४ दिनदेखि अचेत अवस्थामा रहनुभएको उहाँको नवजिवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो ।

४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो । आज विहान ६ बजेतिर उनको मृत्यु भएको हो । मृतक शिक्षक चिमाडीका दुई छोरी र एक छोरा छन् ।