जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०९:४५

गणतन्त्रबिरोधी अराजक समुहको प्रतिवाद गर्न युवा-बिद्यार्थीलाई अध्यक्ष प्रचण्डको निर्देशन


काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध सुनियोजित रुपमा अफवाह फैलाउने अराजक समुहको प्रतिवाद गर्न पार्टीका युवा तथा बिद्यार्थलाई निर्देशन दिनुभएको छ । नेकपाका नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसकोअवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिनुभएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलै छ, कलिलोमै यसलाई मार्न सकिन्छ कि भनेर प्रतिक्रियावादीहरु लागिरहेका छन । आजभोलि त्यो प्रयाश भइरहेको छ । परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट गर्नुपर्छ, संकल्प गर्नुपर्छ, अध्यक्ष प्रचण्डले भन्नुभयो, केही अराजक तत्वहरु यो ब्यवस्थाकै बिरुद्ध लागिपरेका छन, जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा बिद्यार्थीलाई बिशेष निर्देशित गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले पोष्टबहादुर बोगटीको निष्ठा र काम फत्ते गर्ने शैलीलाई सवै नेता कार्यकर्ताले अनुशरण गर्नुपर्ने बताउनु भयो । युद्धकालमा जति पनि अप्ठ्यारो काम उहाँकै नेतृत्वमा फत्ते गरेको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

‘सवैले प्रेरणा लिनुपर्नै बहुआयामिक ब्यक्तित्वको धनी हुनुहुन्थ्यो बोगटी,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘श्रमजीवि बर्गको एउटा भरपर्दाे नेता हुनुहुन्थ्यो बोगटी ।’ कार्यक्रममा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले स्वर्गीय बोगटीबाट धेरै कुरासिक्न जरुरी रहेको बताउनुभयो ।