पेरिस, १० मंसिर । विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ । भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक बालकसहित ८ जना गम्भीर घाइते भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ । पेरिसबाट करिब १५ किलोमिटर टाढा रहेको आप्रवासी बाहुल्य सहर स्टेन्सको एउटा भवनको तहखानेमा दिउँसो २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
पेरिसका प्रहरी अधिकारीका अनुसार मृत्यु हुने तीनै महिला हाइटीका थिए । ती मध्ये एक महिला भवनको तेस्रो तल्लामा भाडामा लिने थिइन् । उनीसँगै उनकी बहिनी र साथी पनि थिइन्, जो बेलुकाको खानापछि त्यहीँ बसेका थिए । आगलागीको सूचना पाएर दमकलका २४ वटा गाडी घटनास्थलमा पुगेका थिए । भवनमा आगो लागेपछि उद्धार कार्यमा दमकलका कर्मचारीले निकै मिहिनेत गर्नुपरेको थियो ।
यस अवधिमा तीनै महिलाको शव फेला पार्न रातभरी लागेको थियो । अधिकारीका अनुसार आगलागीका कारण ६ वर्षीय बालक गम्भीर घाइते भएका छन् । उनी पहिलो तल्लामा आफ्ना आमाबुवा र दुई वर्षकी बहिनीसँग बस्थे । २४ दमकल र ८८ फायर फाइटरहरूले आगो नियन्त्रण गर्न कडा मेहनत गर्नुपरेको थियो र एक फायर फाइटर सामान्य घाइते भएका थिए। यस क्रममा भवनमा रहेका अन्य व्यक्तिलाई बाहिर निकालेर खेलकुद हलमा आश्रय दिइएको थियो ।
पेरिस शहरका मेयर अजेदिन तैबीका अनुसार भवन मर्मत गर्नुपर्ने थियो। यसका लागि भवनमा बस्ने करिब १५ जनालाई आगामी बुधबार अस्थायी आवासमा सारिने भएको छ । यसबाहेक भवन भत्किने नभए पनि यसमा धेरै किसिमका काम गर्नुपर्ने स्थानीय पार्षदले बताउनुभयो । यद्यपी यस क्रममा आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्