जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार ०९:२२

डडेल्धुराबाट देउवालाई एमाले अध्यक्ष ओलीको फोन, तपाईँको जिल्ला आएको वेला सम्झिएको


काठमाडौं, मंसिर १५ । पार्टीको मध्यपहाडी यात्राका क्रममा सुदूरपश्चिममा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको फोनवार्ताको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा फोनवार्ताको भिडियोबारे लेख्दै ओलीले भन्नुभएको , ‘सुन्दर डडेलधुरा, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी,’ उहाँले आफ्नो सचिवालयले ‘गुडविल कल’का रूपमा यसको भिडियो पनि बनाएको बताउनुभएको छ । ओलीले शयन कक्षबाट फोन गरिरहेको भिडियो ४२ सेकेण्डको छ। उहाँले देउवालाई जय नेपालको अभिवादनबाट कुराकानी शुरु गर्नुभएको छ ।

‘यहाँ गन्यापधुराको छेवैबाट फोन गरेको’, उहाँले भन्नुभएको छ, ‘गन्यापधुरा भन्दा अलि पर्तिर यहाँ डडेल्धुरा बजारभन्दा अलि तल्तिर बसेका छौँ।’ ‘राम्रो छ यतातिर’, उहाँले भन्न्ुभएको छ छन्, ‘तपाइँको जिल्लामा आएको वेला यसो सम्झिएको नि,’ यति भन्दै गर्दा देउवाको बोलीसँगै ओलीले ‘थ्यांक यू’ भन्नुभएको छ । ‘अनि त्यतातिर सबै राम्रो छ नि ? उहाँले देउवाको हालखबर सोध्दै गर्दा भिडियो अन्त्य हुन्छ।

https://www.facebook.com/UMLprezKPSharmaOli