जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार १६:१६

भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।