जनता टाइम्स

१६ मंसिर २०८०, शनिबार ०८:२९

८ लाख अवैध भारुसहित दुई भारतीय पक्राउ


काठमाडौं, मंसिर १६ । प्रहरीले काठमाडौंबाट श्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका बेला बिहीबार उनीहरु पक्राउ परेका हुन् । प्रहरी प्रधान कार्यालयद्वारा जारी समाचार बुलेटिनका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्ता छन् ।

धर्मेन्द्रको साथबाट ५ सय दरका ७ सय ५७ थान, दुई सय दरका २ सय ३० थान र १ सय दरका ६ सय ७० थान गरी ४ लाख ९१ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।